
काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लब र सरस्वतीय युथ क्लबले विजयी सुरुआत गरेका छन् ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बुधबार सम्पन्न दिनको पहिलो खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई र सरस्वती युथ क्लबले बाँसबारी क्बलाई समान ३–१ गोल अन्तरले पराजित गर्दै बी डिभिजन लिगमा सुखद सुरुआत गरेका हुन ।
जितसँगै श्री भगवतीले लिग तालिकामा स्पष्ट ३ अंक जोड्दा झम्सिखेलले भने हारबाट लिगको सुरुआत गरेको छ । अन्तर्गत आजै भएको अर्को खेलमा पनि समान ३–१ को नतिजा निकाल्दा सरस्वती युथ क्लबले सुरुआती एक गोलको अग्रता उल्टाएर बाँसबारीविरुद्ध रोमाञ्चक जित निकाल्यो ।
बाँसबारीले छैटौं मिनेटमा बिक्की राईको गोलबाट बाँसबारीले लिएको अग्रतालाई उल्टाउन सफल भएको हो । बी डिभिजन लिग अन्तर्गत आज भएको तेस्रो खेलमा ब्वाइज युनियनले बिरगञ्ज युनाईटेडलाई १–० ले स्तब्ध बनायो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफ गोल रहित बराबरीमा खेलेका थिए । ब्वाईज युनियनका लागि ६४औं मिनेटमा मिलन लिम्बुले गरेको गोल निर्णायक बनेको थियो । जितसँगै ब्वाईज युनियनले बी डिभिजन लिगमा सुखद सुरुआत गर्दा बिरगञ्ज युनाईटेडले हारबाट लिग प्रारम्भ गरेको छ ।
लिगमा बिहीबार पनि तीन खेल हुनेछन् । दिनको पहिलो खेल चर्च ब्वाईजले टुसाल युथ क्लब, दोस्रो खेल श्री कुमारी क्लब र नयाँबस्ती युथ क्लब तथा तेस्रो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र खुमलटार युथ क्लब युथ क्लबबीच हुनेछ । लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोेली ए डिभिजन लिगमा बढुवा हुनेछन् ।
यस्तै, पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्