
काठमाडौं । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आज बिहीबारदेखि सुरू हुँदैछ ।
सुदूरपश्चिम–११ स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्दैछन् । धनगढी रंगशालामा हुने मनाङ र दिल्लीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब रहेका छन् ।
नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्बोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्