७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


युक्रेनबाट तीन म्याग्देलीको उद्धार


273
Shares

म्याग्दी । युद्धग्रस्त मुलुक युक्रेनको राजधानी किएभमा फसेका तीन म्याग्देलीको उद्धार गरी पोल्याण्डमा लगिएको छ ।

रूस र युक्रेनबीचको युद्ध चर्किदै गएपछि युक्रेनको राजधानी किएभमा रहेका तीन म्याग्देलीको उद्धार गरी पोल्याण्ड लगिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाजले जनाएको छ ।

समाजका अध्यक्ष सुसन परियारका अनुसार उद्धार गरिएकामा मालिका गाउँपालिका–६ दिच्यामका अमृत पटेल, मालिका गाउँपालिका– ७ बिमका तिलक सुनार र बेनी नगरपालिका–३ भकिम्लीका नारायण पुन रहेका छन् । उनीहरुलाई पोल्याण्डमा रहेका नेपाली संघ संस्थामार्फत उद्धार गरिएको हो ।

अध्यक्ष परियारका अनुसार दिच्यामका पटेल र बिमका सुनार गन्तब्यमा पुगिसकेको भएपनि भकिम्लीका पुन पोल्याण्डको सीमा क्षेत्रमा नै रहेका छन् ।

पछिल्लो समय रोजगारीका लागि रोमानियामा जाने म्याग्देलीको संख्या समेत धेरै भएकाले यूक्रेनबाट बाहिरिएका म्याग्देलीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जनाइएको छ ।