१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चेल्सी, लिभरपुल र साउथह्याम्पटन क्वाटरफाइनलमा


195
Shares

काठमाडौं । चेल्सी, लिभरपुल र साउथह्याम्पटन सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको खेलमा लुटोन टाउनलाई ३–२ ले हराउँदै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । चेल्सीका लागि सउल निग्वेज, टिमो वेर्नर र रोमेलु लुकाकुले गोल गरे भने लुटोन टाउनका लागि रिस वर्क र ह्यारी कर्निकले गोल गरे ।

यसैगरी, लिभरपुलले नर्विच सिटीलाई २–१ हराउँदै क्वाटरफाइनलमा पुगेको हो । लिभरपुलको जितमा दुबै गोल टाकुमी मिनामिनोले गरेका थिए । नर्विचका लुकास रुपले एक गोल फर्काए ।

अर्को खेलमा साउथह्याम्पटनले वेस्ट ह्याम युनाइटेडलाई ३–१ ले पराजित गरेको छ । साउथह्याम्पटनको जितमा रोमेन पेराअड, जेम्स वार्ड प्राउज र अर्मान्डो ब्रोजाले गोल गरे । वेस्ट ह्यामका मिचेल एन्टेनियोले एक गोल फर्काए ।