१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


‘माइभ्याली फुटबल क्लब’ माइभ्याली गोल्डक्लबको सेमिफाइनलमा


0
Shares

इलाम, फागुन २० । आयोजक माइभ्याली फुटबल क्लब इलाममा जारी माइभ्याली गोल्डक्लबको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार इलामको ठूलो टुँडिखेलमा भएको अन्तिम क्वाटरफाइनलमा मोहम्माडन स्र्पोटिङ क्लब कोलकातालाई २–१ गोल अन्तरले पराजित गर्दै माइभ्याली फाइनलमा पुगेको हो ।

माइभ्यालीकको जितमा जुइनर अनगुइने र एन्ड्रे थियरीले एक एक गोलको योगदान दिए भने कोलकाताका तर्फबाटकिरेमेह बेर्नाडाले एक गोल गर्न सफल भए ।

बुधबार मच्छिन्द्र क्लब काठमाण्डौं र एमएफसी दार्जिलिङ भारतबिच पहिलो सेमीफाइनल खेल हुनेछ ।

फागुन २४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ ।