२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


राष्ट्रपति पुटिनको गल्तीको कारण अलपत्र परे रुसका २७ हजार नागरिक


9.087k
Shares

काठमाडौं । रुस र युक्रेन बीचको जारी युद्धको असर तेस्रो मुलुकमा यात्रा गरिरहेका रुसी नागरिकहरूमा परेको छ । हवाई उडान बन्दका कारण करिब २७ हजार रुसी नागरिक विभिन्न देशमा अलपत्र परेको बताइएको छ ।

रुसले युक्रेनमाथि हमला गरेपछि धेरै देशले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन् । जसका कारण धेरै रुसी नागरिक अहिले ठाउँ ठाउँमा अलपत्रमा परेका छन् र उनीहरुका लागि आफ्नो घर पुग्नु ठूलो चुनौती बनेको छ ।

रुसले युक्रेनमा गरेको आक्रमणलाई आलोचना गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसले ठूलो गल्ती गरिरहेको र यसले आफ्ना जनतालाई धेरै नोक्सान पु¥याउने बताएका छन् ।

अहिलेसम्म करिब २७ हजार रुसी नागरिक विभिन्न देशमा अलपत्रमा परेका छन् । युरोपेली युनियन र क्यानडाका देशहरूले रुसका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेपछि सबै यात्रु फिर्ता ल्याउने सबैभन्दा ठूलो चुनौती बनेको छ ।

यतिबेला ३० भन्दा बढि देशले रुसका लागि हवाईमार्ग बन्द गरिसकेका छन् । जसकारण सबैभन्दा बढि समस्या रुसी यात्रुहरूले भोग्नु परेको छ ।

यहिबीच रुसले आफ्नो युद्धलाई अझै तिब्र बनाइरहेको छ । यस्तो अवस्थामा प्रतिबन्धको अवधि घट्नुको सट्टा बढिरहेको छ । जसको कारण रुस विश्वभर एक्लो बनेको छ । अब अमेरिकाले रुसका लागि आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको छ । जसका कारण रुस विश्वभर ठूलो मात्रामा एक्लो भएको छ । यसले रुसको अर्थतन्त्रमा ठूलो घाटा पुर्‍याएको छ ।

जे होस् हवाई मार्गको कुरा गर्दा कोरोनाको कारण सबै देशहरूको हवाई क्षेत्रहरूलाई घाटा बेहोर्नु परेको थियो । कोरोनापछि खुुलेका हवाईमार्ग रुस र युक्रेनबीच भएको युद्धले प्रत्यक्ष असर पारेको छ ।