
web pic
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ-५, थाकथोकमा एक जनाको हत्या भएको छ ।
बुढानीलकण्ठ-४ मा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हत्यामा संलग्न भएको अभियोगमा स्थानीय विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान पक्राउ परेका छन् ।
प्रहरीले दुई दिनअघि थाकथोकमा राउतको शंकास्पद अवस्थामा शव भेटेको थियो । तर सनाखत हुन सकेको थिएन । शंकास्पद लागेपछि अनुसन्धानमा सहयोग गर्ने प्रहरी कुकुरसहितको टोली लिएर अनुसन्धान थालेको एसपी मैनालीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्