
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । पुर्व मन्त्री शेरबहादुर तामाङले अस्पतालमा जडित प्लान्टको बिहीबार उद्घाटन गरेका हुन् ।
मेलम्चीको नगर अस्पतालमा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा करिव १ करोडमा प्लान्ट जडान गरिएको हो ।
दैनिक ४८ सिलिन्डर भर्न सकिने क्षमताको प्लान्ट जडानपछि मेलम्चीलगायत आसपासका क्षेत्रमा अक्सिजन अभाव नहुने अस्पताल प्रशासनले जनाएको छ ।
अक्सिजन अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले प्लान्ट स्थापना गरिएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्