१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल सुपर लिगमा विकेश र बाल गोपाललाई निरन्तरता


78
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को साविक बिजेता काठमाडौं रेजर्सले मार्की खेलाडी विकेश कुथु र मुख्य प्रशिक्षकको रुपमा बाल गोपाल महर्जनलाई निरन्तरता दिने भएको छ ।

आयोजक काठमाडौं रेजर्सले बिहीबार पत्रकार सम्मेलनमार्फत एनएसएलको दोस्रो संस्करणका लागि मार्कि खेलाडीको रुपमा गोलरक्षक विकेश र मुख्य प्रशिक्षकको रुपमा बाल गोपाललाई नै निरन्तरता दिँदै सार्वजनिक गरेको हो ।

नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजना हुन लागेको दोस्रो संस्करणको फ्रेन्चाइज लिग (एनएसएल) का लागि शुक्रबार अक्सन हुँदैछ । सोही कारण मार्की खेलाडीको टुङ्गो क्लबहरु लागि परेका छन् ।

साविक विजेता काठमाडौं रेजर्सका मार्कि खेलाडी विकेश कुथुले पुनः काठमामाडौं रेजर्ससँग जोडिन पाउँदा खुसी लागेको भन्दो अघिल्लो संस्करणमा जस्तै आगामी सिजनको प्रतियोगितामा एकतावद्ध भई टोलीलाई सन्तुलीत बनाउँदै प्रदर्शन गर्ने बताए ।

गत सिजनका सात र थप तीन टोली गरी आसन्न संस्करणमा कुल १० टोलीले दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्दै छन् । सोही क्रममा साविक विजेता काठमाडौंले अघिल्लो संस्करणकै मुख्य प्रशिक्षक बालगोपाल महर्जनलाई सार्वजनिक गरेको हो । सार्वजनिक कार्यक्रमपछि बोल्दै प्रशिक्षक बाल गोपाल महर्जनले अघिल्लो संस्करणमा खेलाडीको मिहिनेतले उपाधि उचाल्न सफल भएको र आसन्न संस्करणमा पनि अघिल्लो संस्करणको लयलाई निरन्तरता दिने बाचा गरे ।

आगामी चैत २६ गतेदेखि सुरु हुने तयारीमा रहेको एनएसएलमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, सहिज उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी, पोखरा थन्डर्स, एफसी चितवनसँगै नयाँ क्लबहरू झापा एफसी, मेची–इलाम र विरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन । झापा एफसीले अञ्जन विष्ट, धनगढीले विशाल राईलाई मार्की खेलाडी घोषणा गरेका छन भने बिराटन सिटी एफसीले पनि अघिल्लो सिजनका मार्की खेलाडी रन्जित धिमाललाई नै निरन्ता दिएको छ । यस्तै मुख्य प्रशिक्षकरुपमा विराटनगर एफसीले सहिद स्मारक ए डिभिजन क्लब संकटाका मुख्य प्रशिक्षक विष्णु गुरुङलाई जिम्मेवारी दिने भएको छ ।

दोस्रो संस्करणको एनएसएल चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुने छ । प्रतियोगिता दुई शहरमा पोखरा र काठमाडौंमा हुँदै छन् । पहिलो संस्करण त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना भएको थियो ।