१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणी नदीमा २ जना बालकको डुबेर मृत्यु


78
Shares

चितवन । नारायणी नदीमा पौडी खेल्न गएका २ जना बालकको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार भरतपुर– ७ विकासचोकका १० वर्षीय बिदान गौतम र नाम नखुलेका १२ वर्षीय बालकको मृत्यु भएको हो ।

उनीहरु बिहीबार दिउँसो २ बजे भरतपुर– ३ स्थित नारायणी नदीको किनारमा जमेको पानीमा खेल्दा डुबेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।

उपचारका लागि उनीहरुलाई भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।