
काठमाडौं । साताको छैठौं दिन आज (शुक्रबार) सुनको मूल्य ९ सय रुपैयाँले बढेर करिब एक लाख पुगेकाे छ भने चाँदी भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार भने प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार चाँदीको मूल्यमा भने स्थिर रहेको छ ।
बिहिबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज (शुक्रबार) पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्