
काठमाडौं । कपिलवस्तुमा घरको छतबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
शिवराज नगरपालिका–५ बस्ने उत्तम चौधरीको घरको छतबाट लडेर सोही घरमा बस्दै आएका दाङ लमही नगरपालिका–२ नर्थीका ४६ वर्षीय काशीराम चौधरीको बिहीबार राति मृत्यु भएको छ ।
बुधबार छतबाट लडेर गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्