१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


लुटपाटमा संलग्न ८ जना पक्राउ


52
Shares

काठमाडौं । प्रहरीले लुटपाट गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको नयाँ बजारमा फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएर लुटपाट गरेको आरोपमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

फार्मेसी सञ्चालक राजेन्द्र साँकीको नगदर मोबाइल र घडी लगायतका सामग्री लुटपाट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरी भएका सामग्रीसहति उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।