
एजेन्सी । रुसको तल्लो सदनले रुसी सेनाको बदनाम गर्दै झुटो सूचना फैलाउने र रुसविरुद्ध प्रतिबन्ध लगाउने कुनै पनि आह्वानलाई अपराध मान्ने कानून पारित गरेको छ ।
शुक्रबार बसेको तल्लो सदनको बैठकले यस्तो कानून पारित गरेको राज्य समाचार एजेन्सी रिया नोवोस्तीलाई उद्धृत गर्दै बीबीसीले जनाएको हो ।
यस्तो कानून तोड्नेलाई १५ लाख रुबल अर्थात् १४ हजार अमेरिकी डलरको जरिबाना वा १५ वर्षको जेल सजाय तोकिएको छ ।
संसदको तल्लो सदनबाट पारित भएसँगै अब यो कानूनलाई माथिल्लो सदनमा पेश गरिनेछ । माथिल्लो सदनले पारित गरेको खण्डमा राष्ट्रपतिबाट हस्ताक्षर गरेर यसलाई कानूनी मान्यता दिइनेछ ।
प्रतिक्रिया दिनुहोस्