२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मिर्गौलाको निःशुल्क शल्यक्रिया


468
Shares

काठमाडौं । आर्थिक अभावका कारण मिर्गौलाको उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क शल्यक्रिया उपलब्ध गरिएको छ ।

ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले आरुस आइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट अफ कुवेतसँगको सहकार्यमा मिर्गौलामा पत्थरी भएकाहरुका लागि निःशुल्क शिविर गरेको हो ।

बुधबारबाट आयोजना भएको शिविरमा ३० जना विपन्न वर्गका बिरामीले निःशुल्क शल्यक्रिया सेवा पाएका छन् ।

आर्थिक अवस्था कमजोर भई मिर्गौला पत्थरीको उपचार गर्न नसकेका बिरामीलाई अत्याधुनिक प्रविधि मिनी पीसीएनएलबाट निःशुल्क शल्यक्रिया गरिएको इन्सिच्युटले जनाएको छ ।

मिनी पीसीएनएल विधिबाट ठूलो चिरफार गर्न नपर्ने र दुखाई पनि कम हुने भएकाले बिरामीको अस्पताल बसाई पनि कम हुने हुँदा यो विधि मिर्गौलाको पत्थरी निकाल्ने प्रभावकारी विधि रुपमा लिइन्छ ।