
हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रथम प्रदेश खेलकुल प्रतियोगिता गर्ने भएको छ ।
फागुन २८ गते हेटौंडामा एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरिने भएको छ । परिषद्ले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पहिलो पटक प्रदेशभरका खेलाडीलाई प्रोत्साहनको लागि प्रतियोगिताको आयोजना गर्न लागिएको परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताउनुभयो ।
नौ वटा विभिन्न खेल प्रतियोगिता गरि खेलाडीको सम्मान, खेलकुदको प्रवद्र्धन र बागमती प्रदेश खेलकुदको हबको रुपमा विकास गर्नका लागि प्रतियोगता हुन लागेको भण्डारीले बताउनुभयो ।
युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा पुरुष फुटबल, क्रिकेट, व्याडमिन्टन, तेक्वान्दो, भलिबल, कराँते, एथलेटिक्स, महिला फुटबल र बक्सिङ खेल खेलाइने जनाइएको छ । प्रतियोगितामा दुई हजार भन्दा बढी खेलाडीले सहभागिता जनाउने र प्रतियोगता सम्पन्न गर्न करिब ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको भण्डारीले बताउनुभयो ।
खेलको उद्घाटन २८ गते मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गर्नुहुने र समापन काभ्रेको धुलिखेलमा हुने जनाइएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ र प्रत्येक खेलाडीको बिमाको व्यवस्था गरिएको परिषद्का ससचिव भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्