१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पेट्रोलियम पदार्थको ढुवानीमा वैज्ञानिक भाडादर लागू गर्न माग


117
Shares

काठमाडौं । सरकारले लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्न व्यवसायीले माग गरेका छन् ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पत्रकार सम्मेलन गर्दै सरकारले साउन १ गतेदेखि लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागु गर्न माग गरेको हो ।

त्यस्तै पेट्रोलियम ऐन बनाइ लागू गरिनुपर्ने, निगमको एलपिजि विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायी संस्थाको सुझाव लिइ परिमार्जन गर्न पनि समितिका संयोजक कुशप्रसाद मल्लीले माग गर्नुभएको छ ।

आफूहरूका माग १५ दिनभित्र पूरा नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघले जनाएको छ ।