१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेकपा एमालेका अध्यक्ष ओली आज झापा जाँदै


286
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) झापा जाँदै हुनुहुन्छ ।

पञ्चायती शासकबाट हत्या गरिएका उहाँका आफ्ना सहयोद्धा सहकर्मीहरुकाे स्मृतिमा श्रद्धान्जली अर्पण गर्न उहाँ शनिबार झापाको सुखानी जाने कार्यक्रम भएको एमाले नेता शेरबहादुर तामाङले ईमेजखबरलाई जानकारी दिनुभयो ।

वि.स. २०२८ मा सुरु भएको झापाली कम्युनिष्ट क्रान्तिका क्रममा पंचायती शासकबाट नेत्र घिमिरे, रामनाथ दाहाल,नारायण श्रेष्ठ वीरेन राजवंशी र कृष्ण कुँइकेललाई जेल सार्ने बहानामा २०२९ साल फागुन २१ गतेका दिन ईलाम र झापाको सीमानामा पर्ने सुखानीको जंगलमा हत्या गरिएकोथियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली,सीपी मैनालीसँगै उनीहरु पनि झापा क्रान्तिमा समावेश भएकाथिए । सोही समयमा अध्यक्ष केपी ओलीलाई रौतहटबाट पक्राउ गरेर गोलघरमा १४ वर्ष जेलमा राखिएको थियो ।

सुखानीमा जंगलमा मारिएका कम्युनिस्ट क्रान्तिकारीहरुको स्मृतिमा नेकपा एमालेले प्रत्येक वर्ष सुखानी दिवस मनाउँदै आएको छ । सुखानीमा एमालेले ५ शहीदको शालिक स्थापना गरेर पार्कसमेत बनाइएको एमाले नेता शेरबहादुर तामाङले बताउनुभयाे।

केपी शर्मा ओली सरकारमा हुँदा २०७२ साल फागुन १९ गते सुखानीमा मारिएका योद्धालाई शहीद घोषणा समेत गरिएको थियो।