१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


अमेरिकामा समुन्द्री आँधीका कारण २५ जनाको मृत्यु, केहि बेपत्ता


0
Shares

काठमाडौं, फागुन २१ । अमेरिकाको न्यासभिल आसपासका क्षेत्रमा आएको समुन्द्री आँधीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

आँधीका कारण कयौं घरहरुमा क्षति पुगेको छ । केही मानिस हराइरहेका छन् । आँधीमा परेर मुत्यु हुनेहरुमा वृद्धवृद्धा र बालबालिका रहेको बताइएको छ ।

आँधीका कारण सडक अवरुद्ध हुनुका साथै विद्युत सेवा पनि बन्द भएको छ । आँधीका कारण सार्वजनिक यातायात, विद्यालय तथा सरकारी कार्यालयहरु समेत बन्द भएका छन् ।

सन् २००८ मा आएको आँधीका कारण उक्त क्षेत्रमा ५५ जनाको मृत्यु भएको थियो ।

यसैबीच चुनावी अभियानमा रहेका  राष्ट्रपति डोनल्ड ट्रम्पले आँधीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रको भ्रमण गर्ने बताएका छन् । (एजेन्सी)