२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


ढुंगा, गिटी, बालुवाको अनियन्त्रित उत्खनन रोक्न सर्वाेच्चको आदेश


182
Shares

काठमाडौं । सर्वाेच्च अदालतले नदीबाट अनियन्त्रित रुपमा ढुंगा, गिटी, बालुवा उत्खनन रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

अनियन्त्रित रुपमा निकालिएको ढुंगा, गिटी, बालुवा उत्खननका कारण नदी, खोला क्षेत्रको जैविक विविधतामा असर परेको भन्दै दायर गरिएको रिटमा सर्वाेच्च अदालतले अनियन्त्रित उत्खनन् गर्नका लागि आदेश जारी गरेको हो ।

सर्वाेच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले उच्चस्तरीय अध्ययन समिति गठन गरेर ६ महिनाभित्र संरक्षण कार्ययोजना पेश गर्न सुझाव दिएको छ ।

आदेशमा संघ सरकारका विशिष्ट श्रेणीका अधिकृतको अध्यक्षतामा रहने समितिमा कृषि, भू-उपयोग, वन, जलाधार, संरक्षण, वातावरण संरक्षण, जल प्रकोप, खानी, भौगर्भिक अध्ययन र जलवायु परिवर्तनसमेत हेर्ने प्राविधिक, विज्ञलाई समावेश गराउन भनिएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।