१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रतिनिधिसभा बैठक आज दिउँसो बस्दै

संसदको अवरोध हटाउनेबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल हुने

117
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक आज आइतबार दिउँसो १ बजे बस्दैछ ।

उक्त बैठकअघि बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ ।

परामर्श समितिको बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ ।

कार्यव्यवस्थाको बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ । यही बैठकले कार्यसूचीलाई अन्तिम रूप दिनेछ ।

बैठकमा संसदमा जारी अवरोध हटाउने विषयमा पनि छलफल हुने बताईएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ । आफूले कारबाही गरेका माधव नेपाललगायतका १४ सांसदलाई पदबाट हटाउनुपर्ने एमालेको माग छ ।