
काठमाडौं । नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशनमा भएको मतदान रद्द भएको छ ।
शनिबार जिल्ला सभापतिसहित कार्यसमिति चयन गर्न भएको मतदानमा फर्जी मत खसालेको पाइएपछि मतदान नै रद्द भएको हो ।
नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको छ ।
प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीका अनुसार पुनः मतदानको लागि आइतबार बैठक बसेर तय गरिने छ ।
शनिबार खसेका मत सबै नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्