
काठमाडौं । २०७४ को निर्वाचनमार्फत निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आगामी जेठ ५ मा सकिँदैछ । वर्तमान सरकारले आगामी वैशाख ३० गते एकैचरणमा गर्ने गरी स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।
देश संघीयतामा गएपछि पहिलोपटक २०७४ वैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत काठमाडौंका ११ वटा स्थानीय तहमा निर्वाचन भएको थियो ।
संघीय राज्यको राजधानी काठमाडौं जिल्लामा १ महानगरपालिका र १० नगरपालिका रहेका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा नगरप्रमुखमा नेकपा एमालेका ७ जना र नेपाली कांग्रेसका ४ जना निर्वाचित भएका थिए भने उपप्रमुखमा नेकपा एमालेका तर्फबाट ८ जना, नेपाली कांग्रेसका तर्फबाट २ जना विजयी भएका थिए ।
यसैगरी, वडाध्यक्षहरु अन्तर्गत नेकपा एमालेले ८१ वटा वडा, नेपाली कांग्रेसले ५१ वटा वडा, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ वटा वडा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ३ वटा वडामा वडाध्यक्ष पद जितेका थिए । तर अहिलेको माहोल भने फेरिएको छ । त्यतिबेला निर्वाचन हुँदा एमाले विभाजन भएको थिएन । तर, अहिले एमाले विभाजन भएको छ । यसले अबको निर्वाचनमा असर पार्ने नै छ । २०७९ को स्थानीय तहको निर्वाचनमा पहिलाकै जस्तो होला भन्ने छैन् । किनकि यो पाँच वर्षको बीचमा प्रत्येक स्थानीय तहका बासिन्दाले आफ्ना जनप्रतिनिधिले गरेका कामको मूल्यांकन गरेका छन् । त्यसैले परिणाम बिगतको जस्तो नहुन सक्छ ।
कागेश्वरी मनोहरा नगरपालिका
कागेश्वरी मनोहरा नगरपालिकामा नगरप्रमुख पदका लागि ११ जनाको उम्मेदवारी परेको थियो । जसमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका कृष्णहरि थापा नगरप्रमुखमा विजयी बनेका थिए । उनले ८ हजार ९६९ मत पाएका थिए । नेपाली कांग्रेसका उपेन्द्र कार्कीले ८ हजार ४८७ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महेश्वर फुयालले २ हजार ५६७ मत पाएका थिए ।
त्यस्तै, उपप्रमुख पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । उपप्रमुख पदमा नेकपा (एमाले) की विन्दु पुडासैनी विजयी भएकी थिइन् । उनले ९ हजार १८२ मत पाएकी थिइन् । निर्वाचनमा नेपाली कांग्रेसकी अनिता अधिकारी (थापा) ले ८ हजार २९६ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की रुक माया रनपालले २ हजार १९२ मत पाएकी थिइन् ।
९ वटा वडा रहेको यो नगरपालिकामा ६ वटा वडामा नेकपा (एमाले) ले र ३ वटा वडामा नेपाली कांग्रेसले वडा अध्यक्षमा विजय हासिल गरेका थिए ।
काठमाडौं महानगरपालिका
२०७४ सालको स्थानीय तह निर्वाचनमा यो महानगरको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली काँग्रेसले जित हासिल गरेको हो ।
काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ र विवेकशील नेपाली दलकी रञ्जु न्यौपानेले २३ हजार मत ल्याएका थिए । नगरप्रमुख पदका लागि २८ जनाको उम्मेदवारी परेको थियो ।
उपप्रमुखमा भने नेपाली काँग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९५२ ल्याएर विजयी हुँदा राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ र स्वतन्त्र उम्मेदवार निरुपमा यादवले ११ हजार ५३३ मत हासिल गरेका थिए । राप्रपा र एमालेबीच तालमेल भएका कारण यो महानगरपालिकामा राप्रपाले मेयरमा र एमालेले उपमेयरमा उम्मेदवारी दिएको थिएन । उपनगरप्रमुख पदका लागि १३ जनाको उम्मेदवारी परेको थियो ।
३२ वटा वडा रहेको यो महानगरपालिकामा १७ वटा वडामा नेकपा (एमाले) ले र १५ वटा वडामा नेपाली कांग्रेसले वडा अध्यक्षमा विजय हासिल गरेका थिए । तर अहिले अवस्था फेरिएको छ । मेयर शाक्यले फेरि उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । तर त्यतिबेला एमाले एकजुट थियो । अहिले भने एमाले विभाजित भएको छ । शाक्यले जुन रुपमा प्रतिवद्धता जनाएका थिए । त्यो पूरा हुन नसकेको पनि काठमाडौंबासीको भनाई छ ।
किर्तिपुर नगरपालिका
किर्तिपुर नगरपालिकामा नगरप्रमुख पदका लागि १५ जनाको उम्मेदवारी परेको थियो । जसमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका रमेश महर्जन नगरप्रमुखमा विजयी बनेका थिए । उनले ७ हजार ३६० मत पाएका थिए । नेपाली कांग्रेसका राजकुमार नकर्मीले ६ हजार ६१६ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हिरा बहादुर महर्जनले ४ हजार ९ मत पाएका थिए ।
त्यस्तै, उपप्रमुख पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो । उपप्रमुख पदमा नेकपा (एमाले) की सरस्वती रिजाल विजयी भएकी थिइन् । उनले ६ हजार ८१० मत पाएकी थिइन् । निर्वाचनमा नेपाली कांग्रेसकी विमला विष्टले ६ हजार ४३ र नयाँ शक्ति पार्टी, नेपालकी शुभ लक्ष्मी शाक्यले ३ हजार ९१३ मत पाएकी थिइन् ।
१० वटा वडा रहेको यो नगरपालिकामा ७ वटा वडामा नेकपा (एमाले) ले र ३ वटा वडामा नेपाली कांग्रेसले वडा अध्यक्षमा विजय हासिल गरेका थिए ।
गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर नगरपालिकामा नगरप्रमुख पदका लागि ११ जनाको उम्मेदवारी परेको थियो । जसमा नेपाली कांग्रेसका सन्तोष चालिसेले ९ हजार ९ मत प्राप्त गरी विजयी भएका थिए । नेकपा (एमाले) पुण्य प्रसाद चौलागाईले ७ हजार ५९५ मत र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तेज राज नेपालले २ हजार २६ मत प्राप्त गरेका थिए ।
त्यस्तै, उपनगरप्रमुख पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । उपप्रमुख पदमा नेपाली कांग्रेसकी शान्ति नेपालले ८ हजार ५९८ मत प्राप्त गरी विजयी भएकी थिइन् । नेकपा (एमाले) की शान्ती श्रेष्ठले ८ हजार ६२ मत र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की रेनु कार्कीले २ हजार २०३ मत प्राप्त गरेका थिए ।
९ वटा वडा रहेको सो नगरपालिकामा नेपाली कांग्रेसले ६ वटा र नेकपा (एमाले) ले २ वटा र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ वटा वडा अध्यक्ष जितेको थियो ।
चन्द्रागिरी नगरपालिका
चन्द्रागिरी नगरपालिकामा नगरप्रमुख पदका लागि १८ जनाको उम्मेदवारी परेको थियो । जसमा नेपाली कांग्रेसका घनश्याम गिरीले १३ हजार ३०९ मत प्राप्त गरी विजयी भएका थिए । नेकपा (एमाले) प्रल्हाद बहादुर कार्कीले १० हजार ४२१ मत र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का श्रीकृष्ण श्रेष्ठले ३ हजार ६८७ मत प्राप्त गरेका थिए ।
त्यस्तै, उपनगरप्रमुख पदका लागि १० जनाको उम्मेदवारी परेको थियो । उपप्रमुख पदमा नेकपा (एमाले) की लिशा नकर्मीले ११ हजार ८३४ मत प्राप्त गरी विजयी भएकी थिइन् । नेपाली कांग्रेसकी इन्द्रावती श्रेष्ठले ११ हजार २३२ मत र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उर्मिला रोक्काले ३ हजार ८५४ मत प्राप्त गरेका थिए ।
१५ वटा वडा रहेको सो नगरपालिकामा नेकपा (एमाले) ले ९ वटा वडा, नेपाली कांग्रेसले ५ वटा वडा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १ वटा वडा अध्यक्ष जितेको थियो ।
टोखा नगरपालिका
टोखा नगरपालिकामा नगरप्रमुख पदका लागि १४ जनाको उम्मेदवारी परेको थियो । जसमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका प्रकाश अधिकारी नगरप्रमुखमा विजयी बनेका थिए । उनले ८ हजार ८९५ मत पाएका थिए । नेपाली कांग्रेसका हरिहर अधिकारीले ७ हजार ५१४ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की कल्पना शर्माले २ हजार ३९२ मत पाएकी थिइन् ।
त्यस्तै, उपप्रमुख पदका लागि ९ जनाको उम्मेदवारी परेको थियो । उपप्रमुख पदमा नेकपा (एमाले) की ज्ञानमाया डंगोल विजयी भएकी थिइन् । उनले ८ हजार ९८ मत पाएकी थिइन् । निर्वाचनमा नेपाली कांग्रेसकी रजनी थापाले ८ हजार ३६ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपक बानियाँले २ हजार ४७४ मत पाएकी थिए ।
११ वटा वडा रहेको यो नगरपालिकामा ६ वटा वडामा नेकपा (एमाले) ले र ५ वटा वडामा नेपाली कांग्रेसले वडा अध्यक्षमा विजय हासिल गरेका थिए ।
तारकेश्वर नगरपालिका
तारकेश्वर नगरपालिकामा नगरप्रमुख पदका लागि १४ जनाको उम्मेदवारी परेको थियो । जसमा नेकपा (एमाले) का रामेश्वर बोहराले ९ हजार ३२६ मत प्राप्त गरी विजयी भएका थिए । नेपाली कांग्रेसका श्रीराम थापाले ७ हजार ७५७ मत र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का धनलाल महर्जनले ३ हजार २२१ मत प्राप्त गरेका थिए ।
त्यस्तै, उपनगरप्रमुख पदका लागि ९ जनाको उम्मेदवारी परेको थियो । उपप्रमुख पदमा नेकपा (एमाले) की भवानी डोटेल÷धितालले १० हजार ३३७ मत प्राप्त गरी विजयी भएकी थिइन् । नेपाली कांग्रेसकी गिता न्यौपाने/अर्यालले ६ हजार ९८३ मत र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की देविना कार्कीले २ हजार ६५१ मत प्राप्त गरेका थिए ।
११ वटा वडा रहेको सो नगरपालिकामा नेकपा (एमाले) ले ९ वटा वडा र नेपाली कांग्रेसले २ वटा वडा अध्यक्ष जितेको थियो ।
दक्षिणकाली नगरपालिका
दक्षिणकाली नगरपालिकामा नगरप्रमुख पदका लागि ९ जनाको उम्मेदवारी परेको थियो । जसमा नेपाली कांग्रेसका मोहन बस्नेत नगरप्रमुखमा विजयी बनेका थिए । उनले ४ हजार ६९८ मत पाएका थिए । नेकपा (एमाले) का शशी शर्मा अर्यालले ४ हजार २६८ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सञ्जिब लामाले २ हजार ४८१ मत पाएका थिए ।
त्यस्तै, उपप्रमुख पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । उपप्रमुख पदमा नेपाली कांग्रेसकी बसन्ती तामाङ्ग विजयी भएकी थिइन् । उनले ४ हजार ७४९ मत पाएकी थिइन् । निर्वाचनमा नेकपा (एमाले) की मिरा महर्जनले ४ हजार ३३० र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की कमला शर्मा (बोहरा) ले १ हजार ९३८ मत पाएकी थिइन् ।
९ वटा वडा रहेको यो नगरपालिकामा ५ वटा वडामा नेकपा (एमाले) ले र ४ वटा वडामा नेपाली कांग्रेसले वडा अध्यक्षमा विजय हासिल गरेका थिए ।
नागार्जुन नगरपालिका
नागार्जुन नगरपालिकामा नगरप्रमुख पदका लागि १५ जनाको उम्मेदवारी परेको थियो । जसमा नेपाली कांग्रेसका मोहन बहादुर बस्नेतले ६ हजार ९६१ मत प्राप्त गरी विजयी भएका थिए । नेकपा (एमाले) का कृष्णहरि खत्रीले ६ हजार ७६२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्वव थापाले २ हजार ४९४ मत प्राप्त गरेका थिए ।
त्यस्तै, उपनगरप्रमुख पदका लागि ७ जनाको उम्मेदवारी परेको थियो । उपप्रमुख पदमा नेकपा (एमाले) की सुशिला अधिकारीले ६ हजार ८७१ मत प्राप्त गरी विजयी भएकी थिइन् । नेपाली कांग्रेसकी कल्याणी खड्काले ६ हजार ७९१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीकी मिरा कुँवरले २ हजार ३११ मत प्राप्त गरेका थिए ।
१० वटा वडा रहेको सो नगरपालिकामा नेपाली कांग्रेसले ५ वटा वडा र नेकपा (एमाले)ले ४ वटा र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ वडामा वडा अध्यक्ष जितेको थियो ।
बुढानिलकण्ठ नगरपालिका
बुढानिलकण्ठ नगरपालिकामा नगरप्रमुख पदका लागि १४ जनाको उम्मेदवारी परेको थियो । जसमा नेकपा (एमाले) का उद्धब प्रसाद खरेल नगरप्रमुखमा विजयी बनेका थिए । उनले १३ हजार २४६ मत पाएका थिए । नेपाली कांग्रेसका राजु श्रेष्ठले ८ हजार ९२७ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रविन अधिकारीले ३ हजार ७९० मत पाएका थिए ।
त्यस्तै, उपप्रमुख पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । उपप्रमुख पदमा नेकपा (एमाले) की रमादेवी राई विजयी भएकी थिइन् । उनले १३ हजार १८८ मत पाएकी थिइन् । निर्वाचनमा नेपाली कांग्रेसकी शुभद्रा खड्काले ९ हजार ७६८ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की होम कुमारी दुलाल अधिकारीले ३ हजार ९२ मत पाएकी थिइन् ।
९ वटा वडा रहेको यो नगरपालिकामा ११ वटा वडामा नेकपा (एमाले) ले र २ वटा वडामा नेपाली कांग्रेसले वडा अध्यक्षमा विजय हासिल गरेका थिए ।
शङ्खरापुर नगरपालिका
शङ्खरापुर नगरपालिकामा नगरप्रमुख पदका लागि ९ जनाको उम्मेदवारी परेको थियो । जसमा नेकपा (एमाले) का सुवर्ण श्रेष्ठले ४ हजार ८६९ मत प्राप्त गरी विजयी भएका थिए । नेपाली कांग्रेसका शंकर तिवारीले २ हजार ९४७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका मिजेन्द्र काजी श्रेष्ठले २ हजार ४६१ मत प्राप्त गरेका थिए ।
त्यस्तै, उपनगरप्रमुख पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो । उपप्रमुख पदमा नेकपा (एमाले) की शुक्र लक्ष्मी श्रेष्ठ (बसी)ले ५ हजार ४३ मत प्राप्त गरी विजयी भएकी थिइन् । नेपाली कांग्रेसकी मन्जु खड्काले ३ हजार ३०० मत र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की ईन्द्र कुमारी तामाङले २ हजार ४०० मत प्राप्त गरेका थिए ।
९ वटा वडा रहेको सो नगरपालिकामा नेकपा (एमाले) ले ५ वटा वडा, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ वटा, नेपाली कांग्रेसले १ वटा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले १ वटा वडा अध्यक्ष जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्