२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादीको केन्द्रीय समितिको बैठक स्थगित


377
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आज बस्ने भनिएकाे बैठक भाेलिसम्मका लागि स्थगित भएको छ ।

बैठकको तयारी नपुगेको र नेताहरुबीचमा आन्तरिक तयारी गर्नुपर्ने विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले ईमेजखबरलाई जानकारी दिनुभएको हो । बिहान ११ बजे बस्ने भनिएको बैठक सुरुमा दुई घण्टा सारिएको थियो । 

तर दुई घण्टा सार्दा पनि तयारी नपुगेको भन्दै भोलि साेमबार ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले बताउनुभयाे ।

बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने र स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयो ।
गत शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एमसीसी अनुमोदन गर्नुपर्ने विषयमा बोल्नुभएको थियो भने नेता नारायणकाजी श्रेष्ठले पनि मन्तब्य राख्नुभएको थियो ।

एमसीसीको विवादलाई टुंग्याएपछि केन्द्रीय सदस्यहरुको मनोनयन र पदाधिकारी चयनमा छलफल हुने जनाइएको छ । गत पुसमा सम्पन्न माओवादी महाधिवेशनले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटि निर्धारण गरेकोमा १० प्रतिशत सदस्य केन्द्रीय समितिबाट चयन गर्ने ब्यवस्था गरिएकोथियो ।

त्यस्तै एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।