१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीको वितण्डा अन्त्य गर्न संसद विघटन गर्ने माधव नेपालको चेतावनी


2.132k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभएको छ ।

काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले ओलीको वितण्डा कति सहने भन्दै आफूहरूले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल गरिरहेको जानकारी दिनुभएको हो ।

हाउस चल्न नदिने, भत्ता खाइरहने केपी ओलीको वितण्डा सहन नसक्ने अवस्थामा पुगेको भन्दै नेता नेपालले संसद भंग गर्दा संसद पनि नरहने र ओलीको वितण्डापनि सकिने बताउनुभयो ।

सत्ताघटक नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले भने वैशाख ३० मा स्थानीय चुनाव घोषणा भइसकेकाले अर्ली इलेक्सन साउन भदौमा गर्न सम्भव नरहेको टिप्पणी गर्नुभयो ।