
पाल्पा । पाल्पाको तानसेन नगरपालिका ८ नयाँपाटी नजिकै बस र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।
आइतबार दिउँसो १ बजे बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु २ ख ८३५ नम्बरको बस र विपरीत दिशाबाट जाँँदै गरेको लु ७७ प २२०२ नम्वरको स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक माथागढी गाउँपालिका २ खहरेका २७ वर्षीय ऋषिकेश सारुको मृत्यु भएको हो ।
बसको ठक्करबाट घाइते भएका सारुको उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । बस र चालकलाई प्रहरी नियन्त्रणमा दिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्