१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सांसद बानियाँ निलम्बित


325
Shares

काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।

मुगुकी एक महिलालाई बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका एमाले बानियाँ निलम्बित भएका हुन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराउनुभयो ।

बैठकमा सभामुख सापकोटाले बलात्कारको अभियोगमा पक्राउ परेका सांसद बानियाँको बाँके जिल्ला प्रहरी कार्यालयले पठाएको पत्र पनि पढेर सुनाउनुभएको थियो ।