
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाचे अनुसार ४ हजार ९ सय २९ जनामा कोरोना परिक्षण गर्दा ६८ जनामा कोरोना पुष्टि भएको हो ।
त्यतै गत २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा ५ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमित ६ हजार ४ सय ६१जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्