५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


आइपिएलको उद्घाटन खेलमा चेन्नई र कोलकत्ता भिड्ने


559
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उद्घाटन खेलमा चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्स र दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

१५ औं संस्करणको आइपिएल आगमी मार्च २६ देखि मे २९ सम्म चल्नेछ । आइपिएलमा यस सिजनदेखि १० टोलीलाई दुई समूहमा राखेर प्रतिस्पर्धा हुनेछ । समूह ए मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट छन् ।

समूह बी मा चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बेंगलोर, पन्जाब किंग्स र गुजरात टाइटन्स छन् । आइपिएलमा लिगका ७० र प्ले अफका ४ गरि कुल ७४ खेल ६५ दिनमा सम्पन्न हुनेछन् ।

लिगको अन्तिम खेल मे २२ मा हैदराबाद र पन्जाबीच हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । क्वालिफायर, एलिमिनेटर र दोस्रो क्वालिफायरको मिति र खेल हुने स्थान भने तोकिएको छैन । फाइनल २९ मेमा हुनेछ ।