१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधि सभालाई पूर्णकार्यकाल चलाउनुपर्छ : कानूनमन्त्री बडु


39
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग मन्त्री बडुले संसदलाई जनताप्रति जवाफदेहि बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताउनुभयो । संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उहाँले सो आग्रहलाई एमालेले पनि गम्भिरतापूर्वक लिएको बताउनुभयो ।

मन्त्री बडुले महाअभियोग सिफारिस समितिमा प्रतिपक्ष दल एमालेले नाम दिनु सकारात्मक भएको टिप्पणी गर्नुभयो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोगको प्रक्रियालाई उपयुक्त निष्कर्षमा पु¥याउन समितिमा नाम दिएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचन सार्न अर्ली इलेक्शनको मुद्दा उठाइएको बताउनुभयो ।

उपनेता नेम्वाङले महाअभियोग सिफारिस समितिमा बसेर एमालेले संविधान, कानून र अभ्यास बमोजिम अगाडी बढी महत्वपूर्ण र क्रियाशील भूमिका निर्वाह गर्ने बताउनुभयो ।