३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


अब सहकारीको ‘एटिएम कार्ड’


819
Shares

काठमाडौं । सहकारी संस्थाहरुले आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् ।

बैंक तथा वित्तिय संस्थाहरुले मात्रै आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाहरुले पनि जारी गर्न सक्ने भएका छन् ।

आइतबार स्मार्टच्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीच सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो ।

उक्त सम्झौता पत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईं र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार अबदेखि सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कुप कार्ड जारी गर्न सक्नेछन् । सहकारीहरुले आफ्नो सदस्यलाई कुप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटिएम मार्फत रकम निकाल्न सक्नेछन् भने पिओएसको माध्यमबाट कुनै पनि सेवा वा बस्तु खरिद् गर्न सक्ने छन् ।

कुप कार्ड ग्लोबल आइएई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सरहकारीले जारी गर्ने छन् ।

सम्झौता पछि समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ कारोबारको लागि बैंक गइरहनु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । यसअघि एक सय भन्दा बढी सहकारीले आफ्ना सदस्यहरुलाई कार्ड सेवा लउपब्ध गराउदै आएका छन् ।