५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


महिलाहरु गुनासो गर्ने युगबाट दायित्व निर्वाह गर्ने ठाउँमा आइपुगे : मन्त्री झाँक्री


195
Shares

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिलाहरुमा नेतृत्व विकास गर्ने चुनौति रहेको बताउनुभएको छ ।

आइतबार महिला सुरक्षा दवाब समूहले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित राजनीतिक पार्टीहरुमा महिला नेतृत्व, सम्भावना र चुनौती विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री झाँक्रीले महिलाहरु गुनासो गर्ने युगबाट दायित्व निर्वाह गर्ने ठाउँमा आइपुगेको बताउनुभयो ।

महिलाहरुले राजनीतिक रुपमा र राज्यको विभिन्न क्षेत्रमा अवसरहरु पाएको उल्लेख गर्दै उहाँले अब महिलाहरुमा नेतृत्व विकासको चुनौति रहेको बताउनुभयो । महिलाहरुले आ–आफ्नो ठाउँबाट कुशलतापूर्वक जिम्मेवारी बहन गरेर देखाउनुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री झाँक्रीले अब महिला सहभागिताको कुरा मात्र नगरी क्वालिटीमा नेतृत्व दिनेकुरा महत्वपूर्ण भएको बताउनुभयो । महिलाहरु राजनीतिको मुल प्रवाहमा आइसकेको उल्लेख गर्दै उहाँले अब कसैले रोक्न नसक्ने पनि बताउनुभयो ।