
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद्को बैठक फागुन २८ गते बोलाएको छ ।
काठमाडौंको बानेश्वर ब्याङ्केट, थापागाउँमा बैठक बस्ने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
बैठकमा स्थानीय तहको निर्वाचन र विधान अधिवेशनमाथि छलफल हुने जसपाले जनाएको छ ।
पछिल्लो समय जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षबीच विवाद चर्किएको थियो ।
पार्टीभित्रको शक्ति सन्तुलनलाई लिएर चर्र्किएको विवाद अशोक राईलाई स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटको अधिकार दिएपछि मथ्थर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्