
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
आज (सोमबार) बिहान देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेकोछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै,दिउँसो भने देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको समेत संभावना रहेकाे छ।राती भने देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, गण्डकी र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत संभावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्