
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा एक युवकको शव फेला परेको छ ।
वडा नम्बर ५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको हो ।
मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ । मृतकको घाँटी र गालामा चोट लागेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो ।
सोमबार बिहान १० बजे उनको शव नालीमा फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्