१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रकम असुल्ने ९ वटा ‘जब सेन्टर’का सञ्चालक पक्राउ


14.638k
Shares

काठमाडौं । रोजगारी दिने भन्दै फाराम भराएर काम नदिलाउने ९ वटा जब (रोजगारी)सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

काम दिने नाममा पैसा असुल्दै आएका विभिन्न ९ वटा जब सेन्टरका सञ्चालकलाई प्रहरीको महानगरिय अपराध महाशाखाले पक्राउ गरेको हो ।

सो टोलीले उजुरीका आधारमा ती जब सेन्टरमा छापा मारेर सञ्चालकहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । रोजगारीको अवसर, जागिर चाहिएमा भन्दै विज्ञापन गर्ने र पैसा असुलेर बेवास्ता गर्ने गरेको आरोप जब सञ्चालकमाथि लागेको छ ।

प्रहरीले सेन्टरहरुले प्रतिव्यक्ति ५ सयदेखि ५ हजार रुपैयाँसम्म ठगि गरेको महाशाखाले जनाएको छ ।