
पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेत्तृत्वको सरकार ढलाउन संसारभरका स्यालहरु एक भएको टिप्पणी गर्नुभएको छ ।
पोखरामा सोमबार आयोजित कार्यक्रममा उहाँले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दा गर्दै प्रतिक्रियावादीहरु मिलेर आफ्नो सरकार ढालेको जिकिर गर्नुभयो । प्रतिक्रियावादीहरुलाई वैचारिक र व्यवहारिक ढंगले जवाफ दिनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।
अहिलेको अवस्थामा मानव अधिकारमा धेरै सुधार ल्याएको बताउँदै अध्यक्ष ओलीले २०७४ सालकोे निर्वाचनबाट नेपालको राजनीतिक अभियान र गणतान्त्रिक अभियानमा धेरै नयाँपन आएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्