१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ


351
Shares

स्याङ्जा । स्याङ्जामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको पुतलीबजार नगरपालिका ट्राफिक चोकस्थित बसपार्कमा चेकजाँच गर्ने क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिकाका– १४ बस्ने १९ वर्षीय सुनिल परियार र अर्का एक किशोर पक्राउ परेका छन् ।

उनीहरुबाट २० एम्पुल डाइजेपाम, २२ एम्पुल नुर्फिन र २२ एम्पुल फेनरागनका साथै एक थान सिरिन्ज बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक शिव थापाले जानकारी दिनुभयो ।