१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


म्याग्दीका सबै वडाभित्रका सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता


130
Shares

म्याग्दी । म्याग्दीमा वर्षौदेखि अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गर्न थालिएको छ ।

बेनी नगरपालिका भित्रका प्रायः सबै वडाहरुमा सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत बनाउनेको संख्या उल्लेख्य रहेपनि अहिले बेनी नगरपालिका– ८ स्थित कालीपुलबाट अतिक्रमित सरकारी जग्गा पहिचान गरी फिर्ता गर्न सार्वजनिक जग्गा अतिक्रमण गरेका व्यक्तिलाई ताकेता गरिएको हो ।

नगरपालिका भित्रका सबै वडाहरुमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न सम्वन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ । बेनीको पुरानो कालीपुल बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले ओगटेपछि वडानम्वर– ८ का जनप्रतिनिधि र नापी कार्यालयको प्राविधिक सहयोगमा छुट्याएको सार्वजनिक जग्गा फिर्ता गर्न धरधनीलाई ताकेता गरिएको हो ।

कालीपुलस्थित पुरानो पुल नजिकमा घरको सिमानासंग जोडिएको सार्वजनिक जग्गा घरधनिले कालीगण्डकी किनारसम्मै ओगटेपछि नगरपालिकाले नापी कार्यालय म्याग्दीको प्रविधिक सहयोगमा सार्वजनिक जग्गा छुट्याइएको बेनी नगरपालिका प्रवक्ता एवम् वडानम्वर– ८ का वडाअध्यक्ष रामकृष्ण बराईलीले बताउनुभयो ।