२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ड्रागन खेतीमा रोग देखियो


351
Shares

धनकुटा । पछिल्लो समय धनकुटामा ड्रागन खेतीमा कृषकको आकर्षण बढ्दै गएको छ ।

तर यसले व्यवसायीक रुप लिन नपाउँदै यसमा रोगले क्षति पुर्‍याउन थालेको छ ।

सुरुमा पहेँलो थेग्ला देखिने र केही दिनमै हाँगा र बोट कुहिने समस्याले धनकुटाका ड्रागन बगैंचा नष्ट हुने जोखिम बढेको हो ।

ढुसी र किटाणुुजन्य रोगको संक्रमण फैलिएको आशंका गरिए पनि ड्रागन नेपालका लागि नयाँ बाली भएकाले यसमा लाग्ने रोग र उपचारका बारे ठ्याकै भन्न नसकिने कृषि प्राविधिक सूर्य सापकोटाले बताउनुभयो ।

कम प्रतिफल दिने परम्परागत खेती प्रणालीमा परिमार्जन गरी ड्रागन खेती गरेका कृषकलाई चुनौति थपिएको छ ।