१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


सुनको मूल्यमा वृद्धि, प्रतितोला ८० हजार ७ सय रुपैयाँ


0
Shares

काठमाडौं, फागुन २२ । सुनले भाउ बिहीबार फेरी बढेको छ । नेपाली बजारमा बिहीबार तोलामा २ सयले बढेर तोलाको ८० हजार ७ सय रूपैयाँमा कारोवार भैरहेको छ ।

बुधबार सुन तोलाको ८० हजार ५ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला ८० हजार ४ सय पुगेको छ ।

चाँदी प्रतितोला ८ सय ८० रुपैंयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोरोना भाइरसको विश्वव्यापी त्रासले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेको छ । शेयर मूल्यमा गिरावट आउन थालेपछि लगानीकर्ताहरु सुन खरिदतर्फ आकर्षित भएसँगै भाउ बढ्न थालेको हो ।

सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गर्दा नेपाली व्यवसायी भने कारोबारमा मन्दी आएको बताउँछन् ।