१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अख्तियारमा चालु आर्थिक वर्षमा ८ हजार उजुरी, ४६ प्रतिशत उजुरी फछ्यौट


104
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षमा ८ हजार ७० उजुरी परेको जनाएको छ ।

विभिन्न माध्यमबाट प्राप्त भएका र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरी समेत गरी यो वर्ष कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या १६ हजार १ सय ६३ रहेको छ ।

यसमध्ये ४६ दशमलव ५३ प्रतिशत अर्थात ७ हजार ५ सय २० उजुरी प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएका छन् । उजुरीको संख्या हेर्दा सबैभन्दा बढी संङ्घीय मामिला अन्तर्गत स्थानीय तह समेतसँग सम्बन्धित ३३.४६ प्रतिशत उजुरी रहेका छन् ।

त्यसपछि उजुरीका चाङमा शिक्षा, भूमि प्रशासन, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, भौतिक पूर्वाधार तथा यातायात, गृह प्रशासन अग्रपंक्तिमा छन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाइ अर्थमन्त्रालय, नक्कली शैक्षिक प्रमाणपत्र, गैरकानुनी सम्पत्ति आर्जनतर्फ उल्लेख्य उजुरी परेको आयोगले जनाएको छ ।

चालु आर्थिक वर्षको फागुन २३ सम्ममा आयोगले १७ वटा रंगेहात कारबाही गरेको छ । यसबीचमा ३९ बैठक बसेर ४ सय ७ निर्णय गरिएको आयोगले स्पष्ट पारेको छ ।