२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पर्यटन बोर्ड र नाराबीच सम्झौता


91
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा गत वर्षदेखि शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत दोस्रो चरणको कार्यक्रम शुरु गरेको छ ।

जसमा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)बीच तालिम सञ्चालनका लागि सोमबार सम्झौता भएको हो ।

सम्झौता अनुसार नाराले त्रिसुली, भोटेकोशी र कालीगण्डकी क्षेत्रमा गरी करिब एकसय जनालाई र्‍याफ्टिङ्ग सम्बन्धी तालिम प्रदान गर्ने छ ।

दुई सातासम्म सञ्चालन गरिने यो तालिमले स्थानीय स्तरमा जलयात्राको लागि नयाँ जनशक्ति तयार हुने अपेक्षा गरिएको छ ।