
काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा सोमबार राति मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन् ।
सोमबार राति ९ बजे ट्राफिक प्रहरीसहितको टोलीले सवारी साधन चेकजाँच गर्दै गर्दा भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बर्दियाको बाँसगढी नगरपालिका–६ घर भई अस्थाई प्रहरी बिट राझाँ बाँकेमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय भुपेन्द्र शाहीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, दुर्घटनामा घाइते भएका बर्दियाकै बारबर्दिया नगरपालिका–७ घर भई अस्थाई प्रहरी बिट राझाँमै कार्यरत प्रहरी जवान ३५ वर्षीय नरेश चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने मोटरसाइकल सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्