१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


अबको लडाईं जनादेशी र परमादेशी बीचमा हुनेछ : ओली


780
Shares

पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अबको राजनीतिक लडाईं जनादेशी र परमादेशीबीच बताउनुभएको छ ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले अबको लडाईं जनादेशी र परमादेशीबीच हुने बताउनुभयो ।

कार्यकर्तालाई परमादेशविरुद्ध खुलेर सामना गर्न निर्देशन दिँदै उहाँले एमाले जनताबाट निर्वाचित भएर आउने पार्टी भएकाले कसैको आदेश र परमादेश स्वीकार्य नहुने टिप्पणी गर्नुभयो ।

एमालेको प्राथमिकता राष्ट्र निर्माण भएको दाबी गर्दै अध्यक्ष ओलीले जनतालाई मन पर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको उहाँको भनाइ छ ।

विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै उहाँले पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील बन्न निर्देशन दिनुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष ओलीले नेपालमा महिला सशक्तिकरण बढेको र उनीहरूले आफूलाई प्राप्त जिम्मेवारीलाई सफलताका साथ बहन गरिरहेको बताउनुभयो ।