१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एन्फाले मनायाे अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस


52
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले विशेष कार्यक्रम गरेर अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाएको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजिक कार्यक्रमको अध्यक्षता अध्यक्ष कर्मा छिरिङ शेर्पाले गर्दा कार्यक्रमको संयोजन महासचिव इन्द्रमान तुलाधरले गर्नुभयो ।

यस्तै महिला समितिका संयोजक पेमा डोल्मा लामाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने

चहरी शिक्षा सदनका विद्यार्थीहरू सहितको ग्रासरुट शिविर पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले नेपाली फुटबलमा पुर्‍याएको योगदानको कदर गर्दै पूर्व नेपाली अन्तर्राष्ट्रिय खेलाडी मनमाया लिम्बुलाई पनि पुरस्कृत गरिएको थियो ।

हाल बन्द शिविरमा रहेका राष्ट्रिय यू–१८ महिला टोलीका सदस्यले पनि कार्यक्रममा भाग लिएका थिए ।