
पोखरा । पुष अन्तिम साता पोखरामा भएको दोस्रो टाइगर कप क्लब महिला तथा पुरुष भलिबल च्यापिएनसिप प्रतियोगिताबाट करिब ८ लाख रुपैयाँ बचत भएको छ ।
आयोजक टाइगर ग्रुप पोखराले मंगलबार पत्रकार सम्मेलन गरेर ७ लाख ९५ हजार २ सय ७४ बचत भएको जानकारी दिएको हो ।
प्रतियोगिताबाट ७९ लाख ४६ हजार आम्दानी गरेको र ७१ लाख ५१ हजार खर्च भएको टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिनुभयो ।
ग्रुपले मुख्य प्रवर्द्धकबाट १३ लाख, युवा तथा खेलकुद मन्त्रालय गण्डकीबाट ६ लाख टिकटबाट १५ लाख ८३ हजार, विभिन्न व्यक्तिबाट ४ लाख ४६ हजार आम्दानी गरेको शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी सहभागी टिम व्यवस्थापन २ लाख, पुरस्कार तथा प्रोत्साहन खर्च १५ लाख, खेलाडी पोशाक ८ लाख ६२ हजार, कार्यालय र सचिवालय व्यवस्थपान ५ लाख, खेल मैदान व्यवस्थापन खर्च १ लाख ८६ खर्च भएको शर्माले बताउनुभयो ।
बचत भएको रकमबाट केही बाघ संरक्षण र अन्य खेलकुद क्षेत्रमा खर्च गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्