१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्ती नदीमा पुल निर्माण कार्यले गति लियो


117
Shares

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नं. ११ नवलपुर र वडा नं. १२ आहालदमार जोडने राप्ती नदीमा पुल निर्माण कार्यले गति लिएको छ ।

बागमती प्रदेश सरकार अन्तर्गतको यातायात पुर्वाधार निर्देशनालयको मुल्य अभिवृद्धि करसहित २६ करोड ४१ लाख ८७ हजार रुपैयाँको लागतमा २ सय २० मिटर लामो र ११ मिटर चौडा पुल निर्माण गर्न २०७६/६/२७ मा एलिट कन्ट्रक्सन कम्पनी काठमाण्डौसँग २०७९/६/२६ मा निर्माण सम्पन्न गर्ने सम्झौता भए अनुसार २०७७ कार्तिकदेखि पुल निर्माणको कार्य सुरुभएको हो ।

पुलको वारिपारी पहुँच सडक र पुलको दायाँ/बायाँ ७ सय मिटर ढुंगाको गाह्रो लगाउने काम भइरहेको छ । पुलको ७० प्रतिशत भौतिक प्रगति भएको यातायात पूर्वाधार निर्देशनालय हेटौडाका प्रवक्ता तथा इन्जिनियर हरि प्रसाद ओझाले जानकारी दिनुभयो ।