२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


जोन्टाद्धारा साहसी महिलाहरुलाई सम्मान


117
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी महिलाहरुलाई सम्मान गरेको छ ।

प्रिन्सेस हेलेन शाह इनस्पीरेशनल वुमन अफ द इयरबाट यस पटक सुश्री प्रस्तुति भट्टराई र सुश्री वर्षा तामाङ सम्मानित हुनुभएको छ ।

यसैगरी, अमर राना गेम चेन्जर अवार्डबाट क्याप्टेन प्रिया अधिकारी, पुरस्कृत हुँदा कोभिड हिरोहरुका लागि रत्न देवी अवार्ड सुस्वप्न रिमाल लाई प्रदान गरिएको छ ।

क्लबले विभिन्न विधामा उदाहरणीय काम गरेका चौध जना अनुकरणीय महिलाहरुलाई सम्मान गरेको हो ।

यसरी महिला सशक्तिकरणका वास्तविक पात्रहरुलाई सम्मान गर्दा सम्पूर्ण समाजमा नै सकारात्मक प्रभाव पर्ने र अन्य महिलाहरुलाई पनि आ–आफ्नो क्षत्रमा उत्कृष्ट काम गर्ने प्रेरणा मिल्ने आयोजक जोन्टा क्लब अफ काठमाडौंले जनाएको छ ।