
म्याग्दी । म्याग्दीमा सामान्यतया चैत बैशाखमा फुल्ने लालीगुराँस यस वर्ष भने फागुनमै फूलेको छ ।
जिल्लामा यस वर्ष पुषदेखि नै लालीगुराँस फूलेर जंगलहरु राता देखिन थालेका छन् ।
काफल, ऐसेलु जस्ता जंगली फलहरु पनि बेमौसममा नै फल्न सुरु भएको छ । फागुनको मध्यतिरबाट बल्ल कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् ।
यसरी बेमौसममा लालीगुराँस फुल्नु र जंगली फलहरुको मौसमी चक्र परिवर्तन हुनुमा जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको वातावरणविद्हरुले बताएका छन् । म्याग्दीका अन्नपूर्ण, रघुगंगा, मालिका, मंगला र धवलागिरि गाउँपालिकाका जंगलहरुमा ढकमक्क लालीगुराँस फुलेर बन पाखानै राताम्यै देखिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्